डेम्बेलेको ह्याट्रिकमा नर्वेमाथि फ्रान्सको ४–१ को सानदार जित, समूह विजेता बन्दै नकआउटमा



677 SHARES

फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा फ्रान्सले नर्वेमाथि ४–१ गोलको प्रभावशाली जित निकाल्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

शनिबार बिहान सम्पन्न खेलमा फ्रान्सको जितका नायक उस्मान डेम्बेले बने। उनले ह्याट्रिक गर्दै टोलीलाई सहज जित दिलाए। नर्वेका थेलो आसगार्डले एक गोल फर्काएका थिए।

विज्ञापन

डेम्बेलेले खेलको सातौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि २०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। नर्वेका आसगार्डले २१औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए पनि ३२औँ मिनेटमा डेम्बेलेले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। दोस्रो हाफको इन्जुरी समयमा डेसिरे डुएले थप एक गोल गर्दै फ्रान्सको ४–१ को जित सुनिश्चित गरे।

विज्ञापन

यस जितसँगै फ्रान्सले समूह चरणका तीनवटै खेल जित्दै शतप्रतिशत ९ अंकका साथ समूह विजेता बन्यो। पराजित नर्वे ६ अंकसहित उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलअघि नै दुवै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय