एम्बापे चम्किएपछि फ्रान्सको सानदार जित, नकआउट चरणमा प्रवेश



927 SHARES

काठमाडौं । स्टार स्ट्राइकर किलियन एम्बापेको दुई गोलको मद्दतमा फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत इराकमाथि ३–० को सहज जित दर्ता गर्दै लगातार दोस्रो विजय हासिल गरेको छ।

फिलाडेल्फियास्थित स्टेडियममा सम्पन्न खेलमा फ्रान्सले सुरुदेखि नै दबाब कायम राखेको थियो। खेलको १४औँ मिनेटमा एम्बापेले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफपछि केही समय वर्षाका कारण खेल अवरुद्ध भए पनि दोस्रो हाफमा फ्रान्स थप आक्रामक बनेको थियो।

विज्ञापन

खेलको ५४औँ मिनेटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। यससँगै उनको विश्वकपमा १६ खेलबाट १६ गोल पुगेको छ।

विज्ञापन

त्यसपछि ६६औँ मिनेटमा ओस्मान डेम्बेलेले अर्को आकर्षक गोल थपेपछि फ्रान्सले ३–० को सहज जित सुनिश्चित गर्‍यो। इराकले फ्रान्सेली रक्षापङ्क्तिलाई भेद्न उल्लेखनीय अवसर सिर्जना गर्न सकेन।

लगातार दोस्रो जितसँगै फ्रान्सले समूह चरणबाटै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। यसै समूहअन्तर्गत नर्वे र सेनेगलबीचको खेल जारी रहँदा पहिलो हाफसम्म नर्वे १–० ले अगाडि रहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय