सुकुमवासीसँग गृहमन्त्री सुधन गुरुङले मागे माफी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नदी किनारका बस्ती हटाइएका सुकुमवासीहरूले भोग्नुपरेको पीडाप्रति सरकारका तर्फबाट माफी मागेका छन्।

केही समयअघि काठमाडौं उपत्यकाका विभिन्न नदी किनारबाट हटाइएका सुकुमवासीहरूलाई उपत्यकाभित्रका विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। शुक्रबार तीमध्ये एक होल्डिङ सेन्टरमा पुगेका गृहमन्त्री गुरुङले प्रभावित परिवारहरूसँग प्रत्यक्ष भेटवार्ता गर्दै उनीहरूको समस्या र आवश्यकताबारे जानकारी लिएका हुन्।


सो क्रममा उनले बस्ती हटाउने क्रममा सुकुमवासीहरूले भोग्नुपरेको कठिनाइप्रति दुःख व्यक्त गर्दै सरकारका तर्फबाट क्षमा मागेका थिए।

विज्ञापन

गृहमन्त्री गुरुङले प्रभावित परिवारहरूको अवस्थाबारे जानकारी लिँदै उनीहरूको समस्या समाधानका लागि आवश्यक पहल गरिने विश्वाससमेत दिलाएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय