नेपाल प्रहरीमा व्यापक हेरफेर, झापाका १० इन्स्पेक्टरको सरुवा

झापा । नेपाल प्रहरीले देशभरका ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा तथा काज हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागले बुधबार राति एकैपटक जनपद प्रहरी समूहका इन्स्पेक्टरहरूको सरुवा गरेको हो।

विभागका अनुसार सरुवा भएका अधिकृतहरूले आगामी २०८३ साल असार महिनादेखिको तलब तथा भत्ता नयाँ दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको छ। विभिन्न जिल्ला, इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी प्रभाग तथा प्रहरी प्रधान कार्यालयका विभागहरूमा कार्यरत इन्स्पेक्टरहरूको जिम्मेवारी हेरफेर गरिएको जनाइएको छ।


यसक्रममा झापामा कार्यरत १० जना प्रहरी निरीक्षकको पनि सरुवा भएको छ। जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत विजय चौहानको प्रहरी वृत्त काठमाडौंमा सरुवा भएको छ भने सुमन बानियाँ मधेश प्रदेश प्रहरी गण, जनकपुर पठाइएका छन्।

विज्ञापन

त्यस्तै, दाछेकी शेर्पाको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, प्रविण श्रेष्ठको ट्राफिक प्रहरी वृत्त जनसेवा काठमाडौं, रुपेश राईको कोशी प्रदेश प्रहरी गण विराटनगर तथा इलाका प्रहरी कार्यालय दमकमा कार्यरत नविन राईको गण्डकी प्रदेश प्रहरी गण पोखरामा सरुवा भएको छ।

यस्तै, विपन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय छिन्ताङ, धनकुटा, इलाका प्रहरी कार्यालय गौरिगञ्जमा कार्यरत भुवनबाबु खड्कालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण, नक्साल काठमाडौं तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत विरेन्द्रकुमार कोइरालालाई नेपाल प्रहरी विशेष सुरक्षा गण, जनकपुरमा सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार नियमित प्रक्रियाअन्तर्गत प्रहरी निरीक्षकहरूको सरुवा गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय