अर्जुनधारामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित काली मन्दिर नजिकै हिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब २ः१० बजे स्थानीय ४४ वर्षीय सागर भन्ने डम्बर हस्दाले आफ्नै घरबाट बिजुलीको तार ल्याई खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने प्रयास गरेका थिए। सोही क्रममा उनलाई करेन्ट लाग्दा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बुट्टाबारी तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक प्रबिण श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

विज्ञापन

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय