|
692 SHARES |
राजनितिको गर्मी उखुम हुनेनै भयो
त्यो भन्दा अत्याधिक वाफ थियो आकाशमा
म हावाको खोजिमा साँझमा निक्लिएँ
आकाश मादल बजाइरेको थियो
पूर्व निक्लिएँ
ओहो ! दक्षिण जाने बाटोमा आगो छ
पूर्वै लागियो फर्केर परसम्म हेरियो
लमतन्न सडकमा बतास चलिरहेको छ
हावाको मुहानसम्म जाउँ जाउँ लाग्यो
कतिखेर टुङ्गियो कंकृटको सहरको सडक
घुमेर हिड्दा हिड्दा पुगियो अन्यत्र
अग्ला अग्ला घरभित्र बन्द कोठामा
मानिसहरू बाफिरहेका छन्
यतिखेर हो उनीहरुले छोडी आएको पहाडको गाउँ सम्झने
गाउँको डाँडापाखा खोला खोल्सा सम्झिने हो
भित्रि सडकमा गति भन्दा ज्यादा चर्को हर्न छ
लाखौंको गाडिमा फल खाँदै बोक्रा बाटोमा फाल्छ सहर
घरी रुवा लिएर बिहानै आउँछ सहर सिरक बनाउन
यो बाफमा सहर नकचरो छ
जाइफलको तेल बेच्दै आउँछ
बिग्रेको चुला कुकर बेच्दै नानी उठाएर जान्छ
गाली गरि गरि आलु बेचेर जान्छ
हरेक घरमा गेट तालाले रुङ्छ सारा आवेग गेटमा समाहित गर्छ
गेट बाहिर जोगि माङ्ने नारा लाएर जान्छ
हरेक घर पल्लो कोठाले छुट्टिन्छ भेट्दा नहेरी हिड्छ सहर
दिनभरी सहर अफिसमा कोठामा कैद हुन्छ साँझ बिहान सडकमा वाक गर्छ
अस्ति परिचितहरु अब तेस्तो रहन्न सहरमा बरु नभेट्न सक्छ
आज अचानक हिड्दा हिड्दै वर्षात भयो
घनघोर वर्षात भयो म निथ्रुक्कै भिजेर हिडिरहेँ
एक असिमित आनन्द थियो भिज्नुको
हेरेँ घरहरु नुहाईरहेका थिए
भित्र अहमको वाफ थियो सायद
बोटविरुवा नुहाईरहेका थिए
सडक भिजिरहेको थियो
मानौँ उ सुतेर पानी छातीमा थापिरहेको छ
लाग्यो यो सहरको अप्रिय सम्बन्धहरु यसरी पानीले धुन सके









