|
9,000 SHARES |
झापा । झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनावारी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
आज बिहान करिब १०ः३० बजे दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे ४ प ७१९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कन्काई नगरपालिका–४ निवासी ३५ वर्षीय मनोज कुमाल गम्भीर घाइते भएका थिए। उनलाई प्रारम्भिक उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएको थियो। पछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।
उपचारकै क्रममा साँझ ७ः२५ बजे नोबेल अस्पताल विराटनगरमा कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको छ।










