|
9,000 SHARES |
एजेन्सी । उत्तर भारतका विभिन्न क्षेत्रमा गएको २४ घण्टामा आएको भारी वर्षा, हावाहुरी र चट्याङका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा बढी प्रभाव उत्तर प्रदेश मा परेको छ । भारी वर्षासँगै आएको असिना र तीव्र गतिको हावाहुरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।
विपद्का कारण विभिन्न जिल्लामा घर, गोठ तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने ठूलो संख्यामा पशुचौपाया मरेका छन् । हजारौँ रुख ढलेका छन् भने कतिपय स्थानमा पर्खाल भत्किँदा च्यापिएर मानवीय क्षति भएको जनाइएको छ ।
प्रयागराज जिल्ला सबैभन्दा बढी प्रभावित बनेको छ । त्यहाँ मात्रै करिब २० जनाको मृत्यु भएको बताइएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ ले सबै जिल्लाका राहत आयुक्तलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्य अघि बढाउन निर्देशन दिएका छन् । उनले पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।










