प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक प्रभावित, आज फेरि बस्दै



9,000 SHARES

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बुधबार तीन पटक बसेर स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ । त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाह ले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

विज्ञापन

प्रधानमन्त्री शाह संसद्प्रति जिम्मेवार बन्न नचाहेको भन्दै प्रतिनिधिसभा बैठक प्रभावित बनेको छ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने दिनसमेत प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि विपक्षी दलहरूले नाराबाजी गरेका थिए ।

विज्ञापन

प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बैठक छाडेर बाहिरिएको विषयलाई लिएर चर्को आलोचना भइरहेको छ ।

यसको असर स्वरूप बुधबार पारित हुने भनिएको नीति तथा कार्यक्रमसमेत प्रभावित बन्यो । संसद्को कार्यसूचीअनुसार बाँकी छलफल सकाएर नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तयारी थियो ।

तर, शून्य समय मात्रै कार्यसूचीअनुसार सञ्चालन हुन सक्यो । सभामुख डीपी अर्याल ले अर्थमन्त्री स्वर्णिम वाग्ले लाई नीति तथा कार्यक्रममाथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएपछि विपक्षी दलका सांसदहरूले उठेर नाराबाजी गरेका थिए ।

प्रधानमन्त्री शाह नीति तथा कार्यक्रममा जवाफ दिने दिन अनुपस्थित भएको विषयलाई विपक्षी दलहरूले मुख्य एजेन्डा बनाउँदै बैठक अवरोध गरेका हुन् । विपक्षीहरूले प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले यसअघि नै आकस्मिक समय लिएर रुलिङमार्फत भए पनि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउनुपर्ने माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय