प्रधानमन्त्री शाहले आज पहिलोपटक संसदमा बोल्दै



9,000 SHARES

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३र०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। प्रधानमन्त्री बनेपछि संसद्मा उनको यो पहिलो सम्बोधन हुनेछ।

विज्ञापन

त्यसैगरी, नीति तथा कार्यक्रममाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू प्रस्तुत गरिनेछ भने त्यसमाथि छलफल पनि हुनेछ।

विज्ञापन

आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय