जन्मदिनमा सहारा पत्रकार उपचार कोषलाई दाहालको सहयोग



9,000 SHARES

बिर्तामोड । अर्जुनधाराका संचारकर्मी योगेन दाहाल ले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको ‘सहारा पत्रकार उपचार कोष’मा आर्थिक सहयोग गर्नुभएको छ ।

दाहालले जन्मदिनको अवसरमा आज नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको हो । उक्त रकम उहाँले पत्रकार महासंघ झापाका सहसचिव तिलक योञ्जन र सदस्य राजन साम्पाङ लाई हस्तान्तरण गर्नुभएको थियो ।

विज्ञापन

पत्रकारहरुको उपचारमा राहत पुग्ने उद्देश्यले आफूले कोषमा सहयोग गरेको दाहालले बताउनुभयो ।

विज्ञापन

नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको उक्त उपचार कोषमार्फत जिल्लाका संचारकर्मीहरुको उपचारमा सहयोग प्रदान गर्दै आएको छ । महासंघका अनुसार हाल कोषमा १ करोड २८ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय