|
9,000 SHARES |
बिर्तामोड । झापाको बिर्तामोडमा बैशाख अन्तिम साता ‘बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ । पूर्वेली गणतान्त्रिक युवा क्लबको आयोजनामा यही बैशाख २४ गतेदेखि प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष दिपेन चौधरीका अनुसार प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहनेछ। खेल महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ भने फाइनल खेल बैशाख २८ गते हुने तय गरिएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार युवा व्यवसायी लेलिस ओडारी र दोस्रो पुरस्कार निर्मल भट्टराईले प्रायोजन गरेका छन्। खेल संयोजक चन्द्र भट्टराईका अनुसार विजेता टोलीले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यसैगरी, प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई १ हजार रुपैयाँ प्रदान गरिनेछ। फाइनल खेलमा उत्कृष्ट फिल्डर, बलर, विकेटकिपर र ब्याटरलाई जनही २ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।
प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’लाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको कुल अनुमानित खर्च ४ लाख ३ हजार रुपैयाँ रहेको छ। प्रतियोगिताका लागि बिर्तामोड नगरपालिकाले २ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ।










