कोशीसहित विभिन्न प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना



9,000 SHARES

झापा । नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्र सक्रिय रहेकाले देशका विभिन्न स्थानमा वर्षा, मेघगर्जन र हावाहुरीको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा अधिकांश बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

विज्ञापन

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा अधिकांश बदली रहने तथा सुदूरपश्चिमको तराई क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। यी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

विज्ञापन

विशेषगरी कोशी प्रदेशको पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै देशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

बुधबार राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा अधिकांश बदली रहनेछ भने तराई क्षेत्रमा सामान्य बदली रहनेछ।

रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ भने कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा हावाहुरीको जोखिम पनि रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय