चर्च ब्वाइज सेमिफाइनलमा, भुटानको थिम्पु सिटी पहिलो खेलबाटै बाहिर



9,000 SHARES

भद्रपुर । ‘ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’को दोस्रो दिनको खेलमा चर्च ब्वाइज युनाइटेडले भुटानको थिम्पु सिटी फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। पराजयसँगै थिम्पु सिटी प्रतियोगिताबाट बाहिरिएको छ।

खेलको २७औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो। भुटानी गोलकिपर अगाडि बढेको अवस्थामा मरियम खातुनले डिबक्स बाहिरबाट दायाँ बार च्याप्दै गरेको आकर्षक प्रहार जालीमा परिणत भएको थियो।

विज्ञापन

पहिलो हाफको अतिरिक्त समयमा खातुनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन्। वर्षा ओलीले मिलाएको पासमा खातुनको एक्रोब्याटिक प्रहार भुटानका खेलाडीलाई टच हुँदै गोल भएको थियो।

विज्ञापन

२–० को अग्रता बनाएको चर्च ब्वाइजले दोस्रो हाफमा भने दबाब सामना गर्नुपर्‍यो। ४४औँ मिनेटमा भुटानकी रोता राईले गोल गर्दै अन्तर घटाइन्। त्यसपछि ५८औँ मिनेटमा प्रिया घलेको क्रस क्लियर गर्ने क्रममा चर्चकी डिफेन्डर मनिता तामाङबाट आत्मघाती गोल भएपछि खेल २–२ को बराबरीमा पुग्यो।

७९औँ मिनेटसम्म बराबरीमा रहेको खेलमा निर्णायक गोल भने चर्च ब्वाइजले गर्‍यो। मैदानको मध्यभागबाट बल नियन्त्रणमा लिएकी वर्षा ओलीले गोलकिपरलाई बिट गर्दै उत्कृष्ट गोल गरेपछि चर्च ब्वाइजले ३–२ को जित निकाल्न सफल भयो।

खेलको ‘प्लेयर अफ द म्याच’ चर्च ब्वाइजकी मरियम खातुन घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

प्रतियोगिताअन्तर्गत सोमबार नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिएका छन्।

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ। यो पुरस्कार राशि महिला फुटबलतर्फ नेपालकै सर्वाधिक मानिएको छ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय