नेपाल तामाङ घेदुङ कोशी प्रदेशको नयाँ नेतृत्व चयन, अध्यक्षमा झापाका जगत



9,000 SHARES

झापा । नेपाल तामाङ घेदुङ कोशी प्रदेशको दोस्रो ऐतिहासिक अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।

पथरी शनिश्चरेमा शनिबार सम्पन्न अधिवेशनले झापा मेचीनगरका जगत बहादुर तामाङको नेतृत्वमा नयाँ प्रदेश समिति चयन गरेको हो।

विज्ञापन

घेदुङका प्रदेश पदाधिकारीहरूमा उपाध्यक्षमा एकराज तामाङ र रुप नारायण तामाङ गोले, महिला उपाध्यक्षमा बिनिता थिङ तामाङ तथा मुख्य सचिवमा फणीन्द्र तामाङ चयन भएका छन्।

विज्ञापन

त्यस्तै सदस्यहरूमा हस्ताबहादुर तामाङ, खड्का कुमार तामाङ, धनबहादुर तामाङ, टेक बहादुर तामाङ, इन्द्र कुमार योञ्जन, जय बहादुर तामाङ र जितेन्द्र तामाङ चयन भएका छन्।

निवर्तमान प्रदेश अध्यक्ष रेख बहादुर घिसिङ तामाङको अध्यक्षता तथा घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन तामाङ तथा कोशी प्रदेशका पूर्व अध्यक्ष मित्रशेन योञ्जन तामाङले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रम सञ्चालन कोशी प्रदेशका मुख्य सचिव तिलक पाख्रिन तामाङले गरेका थिए। 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय