खुदुनाबारीमा परोपकार जागरण सप्ताह सुरु, श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन



9,000 SHARES

झापा । अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारीमा परोपकार जागरण सप्ताह सुरु भएको छ। खुदुनाबारी परोपकार केन्द्रको आयोजनामा सप्ताहअन्तर्गत श्रीमद्भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ।

सप्ताहको चैत २४ गते मंगलबार उद्घाटन बलदेवसिंह गोम्देन तामाङ ले गर्नुभयो। उद्घाटनको अवसरमा खुदुनाबारीका विभिन्न स्थानमा भव्य कलश यात्रा निकालिएको थियो।

विज्ञापन

महायज्ञअन्तर्गत प्रत्येक दिन बिहानदेखि बेलुकासम्म कथा प्रवचन, पूजाआजा, आरती तथा सांगीतिक प्रस्तुति हुनेछन्। कार्यक्रम चैत ३० गते समापन गरिने आयोजकले जनाएको छ।

विज्ञापन

आयोजकका अनुसार महायज्ञ अवधिभर हिन्दु, बौद्ध तथा किराँत धर्मका धर्मगुरुहरूबाट प्रवचन हुनेछ। यस क्रममा आचार्य पण्डित विष्णुदेव, आचार्य पण्डित उमेश आचार्य, मुन्दुमविद् डा. चन्द्रकुमार शेर्मा तथा लामा गुरु लोपेन पूर्ण पाख्रीनले प्रवचन दिने कार्यक्रम रहेको छ।

यस अवधिमा दैनिक कथा वाचन, भजन–कीर्तन तथा विविध धार्मिक अनुष्ठानहरू समेत सञ्चालन हुनेछन्।

महायज्ञको मुख्य उद्देश्य खुदुनाबारी परोपकार केन्द्रको भवन निर्माणलाई पूर्णता दिनु रहेको छ। सोही लक्ष्यसहित ‘भूमिदान महाअभियान’ सञ्चालन गरिएको छ, जसअन्तर्गत जग्गा दान गर्न सर्वसाधारणलाई आह्वान गरिएको छ।

मूल आयोजक समितिका संयोजक रामचन्द्र आचार्यले सामाजिक तथा धार्मिक चेतना अभिवृद्धिसँगै संस्थागत विकासका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो। यस्तै, भूमिदान महाअभियानका संयोजक लिला बल्लभ खतिवडाले अभियानमार्फत संस्थाको भवन तथा जग्गा व्यवस्थापनलाई सुदृढ बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।

आयोजकले यस कार्यक्रमलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र परोपकारी भावना प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय