सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने



9,000 SHARES

झापा । सरकारी कार्यालय सोबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म संचालन भएका छन् ।

सरकारले इन्धन खपत घटाउनको लागि हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

विज्ञापन

आइतबारको मन्त्रिपरिषद बैठकले गरेको सोही निर्णय अनुसार सोमबारदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय सञ्चालनको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम हुने भएको छ ।

विज्ञापन

मन्त्रिपरिषदको निर्णय गृह मन्त्रालयले आइतबारै राजपत्रमा प्रकाशन गरेर सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्था बाहेक कार्यालय तथा निकायहरू सञ्चालनको समय सोबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम हुने जनाएको हो ।

आगामी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गर्ने राजपत्रमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय