किमजोङसहित १८ जना गुण्डागर्दीमा संलग्न पक्राउ (नामावलीसहित)



9,000 SHARES

काठमाडौं । राजधानीका विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष अप्रेशन सञ्चालन गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त प्रयासमा कुल १९५ जनालाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको छ। तीमध्ये १८ जनालाई गुण्डागर्दीमा संलग्न भएको आरोपमा औपचारिक रूपमा पक्राउ गरिएको हो।

विज्ञापन

अपराध अनुसन्धान कार्यालयले १३ जना र जिल्ला प्रहरी परिसर काठमाडौंले ५ जनालाई पक्राउ गरेको जनाएको छ।

विज्ञापन

अपराध अनुसन्धान कार्यालयबाट पक्राउ परेकाहरू (१३ जना)

  • सजिंव लामा, काभ्रे नमोबुद्ध–१
  • अशोक गिरी, सिन्धुपाल्चोक मेलम्ची–७
  • वकिल वम, कालिकोट पलाता
  • सुरेश गुरुङ ‘किमजोङ’, खोटाङ एंसेलुखर्क–१
  • संजिव राई, खोटाङ एंसेलुखर्क–२
  • राजकुमार तामाङ, काभ्रे पाँचखाल–४
  • बिनोद ठकुरी, काभ्रे मण्डनदेउपुर–१०
  • शेर्पा लामा, काभ्रे चुरिदेउराजी–७
  • राहुल राई, खोटाङ कपिलासगढी
  • समेश तामाङ, नुवाकोट दुप्चेश्वर–४
  • सुनबहादुर तामाङ, नुवाकोट शिवपुरी–५
  • वीरबहादुर लामा, काभ्रे मण्डनदेउपुर–१०
  • महेश महत, ललितपुर महाङ्काल

जिल्ला प्रहरी परिसर काठमाडौंबाट पक्राउ परेकाहरू (५ जना)

  • प्रविण तामाङ ‘डिम्पल’ (बौद्ध क्षेत्रमा सक्रिय, श्याम लामा समूहसँग आवद्ध)
  • बिर्जु महर्जन (कलंकी–बाफल क्षेत्रमा सक्रिय)
  • सुजन कार्की (कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास सक्रिय)
  • सरु हुमागाईं (स्युचाटार क्षेत्रमा सक्रिय, पछिल्लो समय ग्याङ निर्माणमा संलग्न)
  • विकि लामा (बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न)

प्रहरीले यस्ता गतिविधिमा संलग्नमाथि निगरानी बढाउँदै थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय