अर्जुनधारा–१ स्थित गणेश आविमा पूर्व विद्यार्थी मञ्चद्वारा १ लाख ५६ हजारको अक्षयकोष स्थापना



9,000 SHARES

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित गणेश आधारभूत विद्यालयमा १ लाख ५६ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ।

विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको समूह पूर्व विद्यार्थी मञ्चद्वारा विद्यालयमा उक्त अक्षयकोष स्थापना गरिएको हो।

विज्ञापन

विद्यालयको ३६औँ वार्षिकोत्सवको अवसरमा गत पौष २४ गते पूर्व विद्यार्थी मञ्चले विद्यालयमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि अक्षयकोष स्थापना गरेको पूर्व विद्यार्थी डिबी दर्नालले जानकारी दिनुभयो।

विज्ञापन

अर्जुनधारा–१ का जनप्रतिनिधिसमेत रहेका पूर्व विद्यार्थी तथा हाल विद्यालय व्यवस्थापन समिति सदस्य मदन लिमेलको संयोजकत्वमा सागर भट्टराई र डिबी दर्नाल सदस्य रहेको तदर्थ समिति गठन गरिएको छ। मञ्चलाई पूर्णता दिने तयारी भइरहेको दर्नालले बताउनुभयो। उहाँका अनुसार, उक्त अक्षयकोष पूर्व विद्यार्थी शेखर भट्टराईको नेतृत्वमा विदेशमा रहेका पूर्व विद्यार्थीहरूबाट संकलन गरिएको रकमबाट स्थापना गरिएको हो।

विद्यालयको ३६औँ वार्षिकोत्सवकै अवसरमा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनसहितको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज लोहार र प्रधानाध्यापक एलेन दाहाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो।

विद्यालयका अनुसार, अक्षयकोष सञ्चालनसम्बन्धी कार्यविधि पारित भएपछि रकम परिचालन गरिनेछ। उक्त कोषबाट विद्यालय सेवा क्षेत्रभित्रका सम्पूर्ण बालबालिकाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय