अर्जुनधारा–२ मा आयोजित निःशुल्क आँखा शिविरमा ४ सय जनाले सेवा लिए



9,000 SHARES

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–२ मा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब ४ सय जनाले सेवा लिएका छन्।

नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाको आयोजनामा तथा सचेत युवा समूहको सहआयोजनामा सञ्चालन भएको शिविर मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

विज्ञापन

शिविरका क्रममा जाँच गरिएका बिरामीहरूमध्ये १५ जनाको आँखाको शल्यक्रिया आवश्यक पर्ने देखिएको छ।

विज्ञापन

सचेत युवा समूहका अध्यक्ष राजा साँवा लिम्बूका अनुसार शिविरमा आँखा परीक्षणसँगै आवश्यक औषधी पनि निःशुल्क वितरण गरिएको थियो।

शिविरमा सहभागिको आँखाको शल्यक्रिया समेत अस्पतालले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय