आज पनि दिनभरजसो झरी : पूर्व–तराईका नदीमा सतर्कता आग्रह



9,000 SHARES

झापा । देशका धेरै ठाउँमा आज पनि दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा ठूलो पानी पर्ने संभावना छ भने अन्यत्र हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

विज्ञापन

गएराति कोशी र मधेश प्रदेशका सर्लाही, सप्तरी, रौतहट, उदयपुरलगायतका ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ।

विज्ञापन

वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दा कोशी ब्यारेजका ५६ ढोकामध्ये ३५ वटा खोलिएको र खतरास्वरूप रातो बत्ती बालिएको छ।

महाशाखाले ठूलो वर्षा भएका क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय