|
1,293 SHARES |
इलाम । इलामको रोङ गाउँपालिका–४, किटेनीमा श्रम संस्कृति पार्टीको पार्टी कार्यालय भवन उद्घाटनसँगै ‘हातेमालो’ तथा पार्टी विस्तार कार्यक्रमअन्तर्गत बृहत् कार्यकर्ता भेला सम्पन्न भएको छ।
कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यालय उद्घाटनसँगै स्थानीयस्तरमा पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
भेलामा पार्टीको नीति, विचार र कार्यक्रमलाई स्थानीय तहसम्म पुर्याउँदै जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो। सहभागीहरूले स्थानीयस्तरका समस्या, जनजीविका र विकासका सवालमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए।
‘हातेमालो’ अभियानमार्फत नयाँ कार्यकर्तालाई पार्टीसँग जोड्ने तथा संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका क्रममा सहभागी कार्यकर्ताले सामूहिक रूपमा संगठन सुदृढीकरण र पार्टी विस्तारमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।










