|
1,032 SHARES |
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरिएको हो।
अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमार्फत अधिवेशन अन्त्यसम्बन्धी जानकारी सार्वजनिक गर्नुभएको हो।
संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले सरकारको सिफारिसमा संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्न सक्ने व्यवस्था छ।










