मनाङमा हिमपहिरो : २ जनाको मृत्यु, ८ जना अझै सम्पर्कविहीन



837 SHARES

मनाङ । मनाङमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने आठ जना अझै सम्पर्कविहीन छन्।

हिमपहिरोमा परेका २२ जनामध्ये दुई जनाको मृत्यु भएको र उनीहरूको शव कैलाश हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल मनाङमा ल्याइएको जनाइएको छ।

विज्ञापन

प्राप्त पछिल्लो विवरणअनुसार हिमपहिरोमा परेका २२ जनामध्ये १२ जना फु गाउँमा सम्पर्कमा आएका छन्। आठ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।

विज्ञापन

सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ। यो विवरण बिहीबार साँझ ६ः१५ बजेसम्मको हो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय