|
888 SHARES |
काठमाडौं । नेपाली शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार सिंहले पुरुष ७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका हुन्। योसँगै सिंहले यस वर्ष दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हात पारेका छन्।
यसअघि भुटानमा आयोजित १६औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सिंहले पुरुष ८० केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए।
भुटानमा सम्पन्न उक्त प्रतियोगितामा नेपालले तीन स्वर्ण, तीन रजत र एक कास्य गरी कुल सात पदक जितेको थियो।










