फ्लाई दुबईले सुरु गर्‍यो पोखरा–दुबई नियमित उडान



845 SHARES

पोखरा । फ्लाई दुबईले पोखरा–दुबई–पोखरा नियमित व्यावसायिक उडान सुरु गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज बुधबार साँझ ६ः१९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

एक सय १३ यात्रु लिएर आएको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी तथा पर्यटन क्षेत्रसँग सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए।

विज्ञापन

नियमित उडान तालिकाअनुसार फ्लाई दुबईको जहाज बुधबार साँझ ७ः१५ बजे एक सय ५३ यात्रु लिएर दुबईका लागि प्रस्थान गर्ने महाप्रबन्धक निरौलाले बताए।

विज्ञापन

यसअघि विभिन्न वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि ती उडान नियमित हुन नसकेको अवस्थामा फ्लाई दुबईको नियमित उडानले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा नयाँ आशा जगाएको निरौलाले बताए।

पोखराबाट दुबई हुँदै युरोप, अमेरिका लगायतका विभिन्न गन्तव्यमा यात्रा गर्ने यात्रुलाई यस उडानले थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न सकिने भएपछि यात्राको समय छोटिनुका साथै यात्रुहरूको खर्चसमेत घट्ने विमानस्थलका महाप्रबन्धक निरौलाले बताए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय