एकैपटक ९ हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति ?

झापा । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँ घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

विज्ञापन

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १८५ रुपैयाँ घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँ थियो।

विज्ञापन

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय