बि एण्ड सी मेडिकल कलेज टिचिङ अस्पतालमा विशेष स्वास्थ्य छुट योजना



936 SHARES

बिर्तामोड । बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज टिचिङ अस्पतालले बिरामी तथा सेवाग्राहीलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विशेष स्वास्थ्य छुट योजना सञ्चालनमा ल्याएको छ।

अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म विभिन्न विभागमा विशेष छुट तथा निःशुल्क बहिरंग सेवा सञ्चालन गरिने भएको हो। विशेष योजनाअन्तर्गत स्त्री तथा प्रसूति रोग विभागमा निःशुल्क ओपीडी परामर्श उपलब्ध गराइनेछ। सामान्य प्रसूति (नर्मल डेलिभरी) तथा सिजेरियन सेक्सन (सीएस) को शल्यक्रियामा लाग्ने अपरेसन थिएटर (ओटी) शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने अस्पतालले जनाएको छ।

विज्ञापन

यस्तै, स्त्रीरोगसम्बन्धी शल्यक्रियाको ओटी शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराइनेछ। त्यसैगरी, पेडियाट्रिक्स (बालरोग) विभागमा निःशुल्क ओपीडी परामर्श तथा जनरल बेड शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

विज्ञापन

न्यूरोसर्जरी विभागमा पनि निःशुल्क ओपीडी परामर्श तथा अपरेसन थिएटर शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराइने अस्पतालले जनाएको छ। 

अस्पतालका प्रमुख जनसम्पर्क अधिकृत प्रोमिश गिरीका अनुसार बिरामी तथा सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा थप सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले विशेष योजना ल्याइएको हो।

गिरीले स्वास्थ्य सेवा प्रत्येक नागरिकको सहज पहुँचमा पुर्‍याउनु अस्पतालको मुख्य उद्देश्य रहेको बताए। उपचारका क्रममा बिरामी तथा सेवाग्राहीलाई पर्ने आर्थिक भार केही हदसम्म कम गर्दै आवश्यक स्वास्थ्य सेवा समयमै लिन प्रोत्साहित गर्ने उद्देश्यले विशेष छुट योजना ल्याइएको उनको भनाइ छ।

अस्पतालका अनुसार विशेष छुट योजना भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म मात्र लागू हुनेछ। उक्त अवधिभित्र सम्बन्धित विभागमा सेवा लिन आउने बिरामी तथा सेवाग्राहीले योजनाअनुसार छुट तथा निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन्।

अस्पतालले उपचारलाई थप सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिएको विशेष योजनाबाट अधिकतम लाभ लिन बिरामी तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

अस्पतालले विभिन्न रोगको उपचार, शल्यक्रिया तथा विशेषज्ञ स्वास्थ्य सेवासहितका उपचार सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। अस्पतालका अनुसार सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा समयमै उपलब्ध गराउन तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय