रसुवा बाढी अपडेट : हालसम्म १ सय ६२ जनाको शव फेला



691 SHARES

झापा । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ६२ पुगेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज बिहानसम्म विभिन्न जिल्लाबाट १ सय ६२ जनाको शव फेला परेको छ। जसमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको हो।

विज्ञापन

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी राखेको जनाएको छ।

विज्ञापन

त्यस्तै, विभिन्न निकाय तथा स्थानीयवासीसँगको समन्वय र सहयोगमा उद्धार तथा खोजी कार्य भइरहेको छ। बाढी तथा पहिरोका कारण अवरुद्ध भएका विभिन्न सडक तथा बाटो खुलाउने कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय