|
950 SHARES |
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलाको उद्घाटन शुक्रबार बिहान साढे ११ बजे तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो।
भेला साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। भेलाको संयोजन पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गर्नुभएको छ।
सर्वोच्च अदालतले हालै कांग्रेसको नेतृत्व तथा आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकनको अनुमति दिएपछि संस्थापन इतर पक्ष थप उत्साहित बनेको छ। भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, नेतृत्व तथा संगठनका विषयमा छलफल हुने बताइएको छ।










