|
1,485 SHARES |
झापा । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। आज एकैदिन सुनको मूल्य तोलामा ६ हजार ४०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदी तोलामा ११० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४०६ दशलमव ५३ अमेरिकी डलर र चाँदी ६५ दशलमव ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।










