|
3,879 SHARES |
झापा । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले वृद्धि भएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ। बुधबार यही सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ५७० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा ९५ रुपैयाँले बढी हो। बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ।










