|
4,182 SHARES |
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल क्षेत्रमा आएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली मूलका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को अन्त्येष्टि बेलायतमा गरिने भएको छ।
बेलायतका स्थायी बासिन्दा रहेका पुर्जाको शव अन्त्येष्टिका लागि लन्डन लैजाने तयारी भइरहेको परिवारनिकट स्रोतले जनाएको छ। उनका परिवारका सदस्यहरू पनि बेलायतमै बसोबास गर्दै आएका छन्।
हाल पुर्जाको शव ब्रोड पिकको आधार शिविरमा राखिएको छ। उद्धार टोलीका अनुसार शवलाई स्थलमार्गबाट स्कार्डोसम्म पुर्याउन अझै करिब दुई दिन लाग्ने अनुमान गरिएको छ। त्यसपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी शव बेलायत पठाइनेछ।
गत शुक्रबार ब्रोड पिक क्षेत्रमा आएको हिमपहिरोमा पुर्जासहित १० जनाको टोली परेको थियो। उक्त घटनामा ६ जना नेपाली पर्वतारोहीको मृत्यु भएको छ भने अन्य मृतक नेपालीहरूको शव नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ।
यसैबीच, हिमपहिरोमा परेका अन्य तीन जना अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य मौसम अनुकूल हुँदा निरन्तर जारी रहेको उद्धार टोलीले जनाएको छ।










