|
5,789 SHARES |
झापा । झापामा ट्राफिक नियम उल्लङ्घन गर्ने सिटी सफारी र अटोमाथि प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै १६८ वटा सवारी साधनलाई कारबाही गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा नियम उल्लङ्घन नियन्त्रण गर्ने उद्देश्यले विशेष अनुगमन अभियान सञ्चालन गरेको जनाएको छ।
अभियानका क्रममा ट्राफिक नियम विपरीत सञ्चालन भएका १६८ वटा सिटी सफारी र अटो नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ। नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक नियमको पालना गर्न सचेत गराइएको र यस्ता अनुगमन तथा कारबाहीलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ।










