|
5,600 SHARES |
झापा। सुनसरीसहित मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साम्य भएपछि गृहमन्त्री सुधन गुरुङ चारदिने स्थलगत भ्रमण सम्पन्न गरी काठमाडौं फर्किएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहसँग साउन १४ गते भएको छलफलपछि गृहमन्त्री गुरुङ सुरक्षा अवस्थाको अनुगमन, सरोकारवालासँग संवाद तथा समस्या समाधानका पहलका लागि सुनसरी पुगेका थिए। सुनसरी घटनामा ज्यान गुमाएका परिवारसँग सहमति भएपछि उनले सिराहा हुँदै धनुषाको भ्रमण गरेका थिए।
धनुषामा गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेनाका प्रतिनिधिसँग लगातार दुई दिन वार्ता गरेका थिए। यद्यपि वार्ताबाट औपचारिक लिखित सहमति नभए पनि दुवै पक्षबीच मौखिक समझदारी बनेको र त्यसपछि सम्राट सेनाले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाइएको छ।
काठमाडौं फर्किएपछि गृहमन्त्री गुरुङले वार्ताबाट बनेका मौखिक समझदारीलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, मधेश भ्रमणका क्रममा भएका छलफल, प्राप्त सहमति र पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई विस्तृत जानकारी गराउने तयारी पनि उनले गरेका छन्।










