काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा आइतबार जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भएको जीप करिब ३०० मिटर तल खसेपछि दुर्घटना भएको हो।
दुर्गम भौगोलिक अवस्थाका कारण उद्धारका लागि घटनास्थलमा हेलिकप्टर परिचालन गरिएको छ। घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था भइरहेको जनाइएको छ।
दुर्घटनामा मृत्यु हुने तीन जनाको पहिचान तथा अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।










