|
874 SHARES |
काठमाडौं । काठमाडौंको बुद्धनगरमा डेरा गरेर बस्ने एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्।
आज बिहान करिब ६:२० बजे ४५ वर्षीय अस्विन राउतले आफ्नै कोठामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पठाएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण उनले आत्मदाहको प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यसअघि पनि काठमाडौंको त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो। त्यस्तै, सर्लाहीका अर्का एक व्यक्तिले पनि आत्मदाहको प्रयास गरेपछि हाल कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।










