धोबीखोलामा हाम फालेकी महिलाको शव बल्खुमा फेला



710 SHARES

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव बल्खुस्थित बागमती नदीबाट फेला परेको छ।

सशस्त्र प्रहरी बलको दङ्गा नियन्त्रण रेजिमेन्ट, कीर्तिपुरबाट खटिएको उद्धार टोलीले काठमाडौं महानगरपालिका–१४ स्थित बल्खु कुमारी क्लब नजिक बागमती नदीबाट शव निकालेको हो।

विज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हाम फालेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बागमती नदी क्षेत्रमा खोजी अभियान सञ्चालन गरेको थियो।

विज्ञापन

खोजीका क्रममा बल्खु क्षेत्रमा शव फेला परेको प्रहरीले जनाएको छ। मृतक महिलाको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय