|
764 SHARES |
काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।
बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक निर्धारित समयमा सञ्चालन हुन नसकेपछि सभामुखले सूचना टाँसेर बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
सङ्घीय संसद् सचिवालयका अनुसार विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसकेपछि बैठक सारिएको हो।
यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम व्यस्त रहेका कारण बैठक प्रभावित भएको जानकारी दिइएको थियो।











