आजदेखि मनसुन थप सक्रिय, देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना



937 SHARES

झापा । देशभर मनसुनी गतिविधि थप सक्रिय बन्दै जाँदा आज देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेष गरी मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने मधेस र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने बताइएको छ।

विज्ञापन

देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। यस्तै मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

विज्ञापन

रातिको समयमा पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार मनसुन थप सक्रिय बन्दै गएको छ। उनका अनुसार आज साँझसम्म पश्चिम तराईका कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ भने आजदेखि भोलिसम्म पूर्वी तराईमा समेत मध्यमदेखि भारी वर्षा हुन सक्ने देखिएकाले विशेष सावधानी अपनाउन आवश्यक छ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास रहेकाले आगामी केही दिन मनसुनी गतिविधि अझ सक्रिय रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय