मेलम्चीमा बाढी पसेपछि काठमाडौंमा आजदेखि खानेपानी आपूर्ति बन्द



870 SHARES

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेर पानी अत्यधिक धमिलो बनेपछि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति शुक्रबारदेखि अस्थायी रूपमा बन्द गरिएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार मेलम्चीको मुहानमा आएको बाढीका कारण पानीको गुणस्तर प्रभावित भएको छ। पानी अत्यधिक धमिलो भएकाले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन प्रक्रिया सञ्चालन गर्न कठिनाइ भएपछि मेलम्चीबाट आउने पानीको प्रवाह अस्थायी रूपमा रोकिएको हो।

विज्ञापन

केयूकेएलले मुहानको पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सुरु गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार खानेपानी आपूर्ति नियमित गरिने जनाएको छ।

विज्ञापन

साथै, निरन्तर वर्षा भइरहेमा मुहानको अवस्था सामान्य हुन समय लाग्न सक्ने भएकाले काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही ढिलाइ हुन सक्ने केयूकेएलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय