झापामा दुई दिनमै २४ सवारीसाधनको कालो सीसा हटाइयो

झापा । झापामा ट्राफिक प्रहरीले नियमविपरीत कालो सीसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरु गरेको छ।

आपराधिक गतिविधि नियन्त्रण तथा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कालो सीसा प्रयोग गरिएका सवारीसाधनमाथि कारबाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईका अनुसार पछिल्ला दुई दिनमा २४ वटा चारपांग्रे सवारीसाधनबाट कालो सीसा हटाइएको छ।

विज्ञापन

उनका अनुसार मंगलबार १५ वटा र बुधबार ९ वटा गाडीको कालो सीसा निकालिएको हो। नियमविपरीत जडान गरिएका कालो सीसाले सवारीभित्रको गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले सुरक्षा चुनौती बढाउने गरेको प्रहरीको भनाइ छ।

विज्ञापन

प्रहरीका अनुसार कालो सीसा प्रयोग गरी हतियार, लागूऔषध, सुन तथा अवैध मुद्राको ओसारपसार गर्ने, साथै फरार अपराधीहरू लुकिछिपी आवतजावत गर्ने गरेको पाइएको छ। यसका साथै विभिन्न हिंसाजन्य तथा दुर्व्यवहारसम्बन्धी घटनामा समेत कालो सीसा प्रयोग भएका सवारीसाधन संलग्न हुने गरेको भन्दै निगरानी बढाइएको हो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार अधिकार प्राप्त निकायको स्वीकृतिबिना सवारीको रंग, स्वरूप, सिट संख्या, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी कुनै पनि हेरफेर गर्न पाइँदैन। सोही कानुनी व्यवस्थाअनुसार कालो सीसा जडान गरिएका सवारीसाधनमाथि कारबाहीलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय