चारपानेमा अत्याधुनिक ‘तुल फिटनेस’ सञ्चालनमा, ७ करोड लगानी



679 SHARES

बिर्तामोड । झापाको बिर्तामोड–२ र अर्जुनधारा–५ को चारपानेमा अत्याधुनिक सुविधासम्पन्न ‘तुल फिटनेस’ सञ्चालनमा आएको छ। स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने लक्ष्यसहित स्थापना गरिएको फिटनेस सेन्टरमा आधुनिक प्रविधियुक्त व्यायाम उपकरण जडान गरिएको छ।

करिब पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको फिटनेस सेन्टरमा मात्र करिब २ करोड रुपैयाँ बराबरका आधुनिक उपकरण जडान गरिएको छ। जग्गा, भवन र उपकरणसहित यस परियोजनामा करिब ७ करोड रुपैयाँ लगानी गरिएको सञ्चालक तुल श्रेष्ठले जानकारी दिए।

विज्ञापन

श्रेष्ठका अनुसार नेपालमै पहिलोपटक यस स्तरका अत्याधुनिक फिटनेस उपकरणहरू एकै स्थानमा उपलब्ध गराइएको हो। फिटनेस सेन्टरमा एकैपटक १०० जनासम्म सहभागी भएर एरोबिक्स, जुम्बा, जिम, बक्सिङलगायत विभिन्न फिटनेस गतिविधि गर्न सक्ने व्यवस्था गरिएको छ।

विज्ञापन

फिटनेस सेन्टरमा अनुभवी तथा दक्ष प्रशिक्षकमार्फत व्यावसायिक प्रशिक्षण प्रदान गरिनेछ। सञ्चालक श्रेष्ठ मिस्टर पूर्वाञ्चलका विजेता, मिस्टर नेपालका प्रतिस्पर्धी तथा धर्मश्री प्रतियोगिताका सहभागी खेलाडी हुन्। उनी अन्तर्राष्ट्रियस्तरका फिटनेस प्रशिक्षकसमेत रहेका छन्।

सञ्चालक श्रेष्ठले आधुनिक उपकरण, गुणस्तरीय प्रशिक्षण र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘तुल फिटनेस’ सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार फिटनेस सेन्टरले पूर्वी नेपालका खेलाडी, फिटनेसप्रेमी तथा स्वास्थ्यप्रति सचेत सर्वसाधारणलाई अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय