सोम लामा लगातार दोस्रो पटक नेपाल मास्टर्स स्नुकर च्याम्पियन



690 SHARES

बिर्तामोड। हेटौँडाका सोम लामा झापाको बिर्तामोडमा आयोजित दोस्रो नेपाल मास्टर्स स्नुकर प्रतियोगिताको उपाधि जित्दै लगातार दोस्रो पटक च्याम्पियन बनेका छन्।


रोहित क्षेत्री लाई फाइनलमा ८–५ सेटले पराजित गर्दै पहिलो संस्करणका विजेता सोमले पुनः उपाधिमाथि कब्जा जमाएका हुन्।

विज्ञापन

उपाधिसँगै उनले नगद २ लाख रुपैयाँ, आकर्षक ट्रफी तथा लगातार तीन वर्ष विजेता बन्ने लक्ष्यसहितको रनिङ ट्रफीमा पनि दाबी कायम गरेका छन्।

विज्ञापन

उपविजेता रोहित क्षेत्रीले नगद १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे। उनले प्रतियोगितामा सर्वाधिक ब्रेक (हाइएस्ट ब्रेकर) बनाउँदै थप ३५ हजार रुपैयाँ पुरस्कारसमेत जिते।

बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीको अध्यक्षतामा असार ४ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको समापन समारोहमा विजेता तथा उपविजेतालाई बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकी, वडा नं. ४ का अध्यक्ष राहुल शर्मा, नगर खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष सन्तोष गुरुङ, सचिव विसन लिम्बू तथा स्नुकरका सञ्चालक नवल अग्रवाललगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा १६ जना राष्ट्रिय स्तरका तथा पूर्वी नेपालका १६ जना गरी कुल ३२ खेलाडीको सहभागिता रहेको थियो।

समापन समारोहमा नगर खेलकुद विकास समितिका सदस्य विशाल अग्रवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तिलक योञ्जनले गरेका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय