बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु



682 SHARES

झापा । झापाको कन्काई नगरपालिका–८ स्थित बिरिङ खोलामा डुबेर एक ५ वर्षीया बालिकाको मृत्यु भएको छ।

कन्काई–८ निवासी कुलबहादुर रसाइलीकी ५ वर्षीया छोरी सोनिया रसाइली हराएको भन्दै उनकी आमा अमृता रसाइलीले आज दिउँसो ३ बजे अस्थायी प्रहरी पोस्ट दुर्गापुरमा मौखिक जानकारी गराएकी थिइन्।

विज्ञापन

जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक दीर्घबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो। खोजीका क्रममा कन्काई–८ स्थित बिरिङ खोलामा डुबेको अवस्थामा बालिका मृत फेला परेको प्रहरीले जनाएको छ।

विज्ञापन

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय