एसियन हाइवे किनारमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु



704 SHARES

झापा । मेचीनगर नगरपालिका–७ इँटाभट्टास्थित निर्माणाधीन एसियन हाइवे सडकको किनारमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।

आज दिउँसो करिब २ बजे निर्माणाधीन सडकको छेउमा जमेको पानीमा डुबेर स्थानीय ६० वर्षीय गणेश बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

विज्ञापन

घटनापछि स्थानीयवासी तथा प्रहरीको सहयोगमा उनलाई बाहिर निकालिएको भए पनि उनको ज्यान बचाउन सकिएन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय