अर्जुनधारामा आजदेखि नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरणमा रोक, अवज्ञा गरे कारबाही



692 SHARES

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न नदी तथा खोलाबाट नदीजन्य पदार्थको उत्खनन, संकलन, प्रशोधन, ओसारपसार तथा बिक्री वितरणमा आजदेखि रोक लगाएको छ।

नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै बिरिङ, टाङ्टिङ, सुखानीलगायतका नदी तथा खोलाबाट ढुंगा, गिट्टी र बालुवाजस्ता नदीजन्य पदार्थ संकलन तथा बिक्रीका लागि गरिएको ठेक्का तथा सम्झौताको अवधि २०८३ साल जेठ मसान्तसम्म मात्रै रहेकाले असार १ गतेदेखि यस्ता गतिविधि निषेध गरिएको जनाएको हो।

नगरपालिकाले प्रचलित कानुनी व्यवस्था तथा ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डबमोजिम अर्को व्यवस्था नभएसम्म नदी तथा खोलाबाट नदीजन्य पदार्थको उत्खनन, संकलन, प्रशोधन, ओसारपसार तथा बिक्री वितरण नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

विज्ञापन

प्रमुख प्रशासकीय अधिकृत अनोज घिमिरेद्वारा हस्ताक्षरित सूचनामा निषेधित अवधिमा नगर क्षेत्रभित्रका खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन, संकलन, ओसारपसार वा बिक्री वितरण गरेको पाइएमा स्थानीय प्रशासनको समन्वयमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने उल्लेख गरिएको छ। साथै, यस्ता कार्यमा प्रयोग गरिएका सवारीसाधन तथा उपकरणसमेत जफत गरी क्षतिपूर्ति र जरिवाना असुलउपर गरिने चेतावनी दिइएको छ।

नदीजन्य पदार्थको अनधिकृत दोहन नियन्त्रण, प्राकृतिक स्रोतको संरक्षण तथा कानुनी शासनको प्रभावकारी कार्यान्वयनका लागि सूचनाको पूर्ण पालना गर्न नगरपालिकाले सरोकारवाला निकाय, स्थानीयवासी, निर्माण व्यवसायी, खोलामा आश्रित श्रमिक तथा यातायात व्यवसायीलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय