लागूऔषध मुद्दाका फरार प्रतिवादी मेचीनगरका धिमाल पक्राउ

झापा । लागूऔषध मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो -सोमबार) साँझ करिब ६ बजे मेचीनगर नगरपालिका–८ धिमाल बस्तीस्थित आफ्नै घरबाट ५९ वर्षीय भुलेन धिमाललाई पक्राउ गरेको हो।


प्रहरीका अनुसार धिमाललाई सम्मानित जिल्ला अदालत झापाले २०८१ चैत १० गतेको फैसलाबाट लागूऔषध मुद्दामा २ वर्ष ४ महिना १९ दिन कैद तथा २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। फैसला पश्चात फरार रहेका उनलाई खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विज्ञापन

पक्राउ परेका धिमाललाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत झापामा उपस्थित गराइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय