रमा तिवारी हत्या प्रकरण : यौन प्रस्तावबाट सुरु भएको थियो श्रृंखलाबद्ध घटना, भारतीय नागरिक पक्राउ



696 SHARES

दमक । झापाको दमकमा बोराभित्र मृत अवस्थामा फेला परेकी २१ वर्षीया रमा भनिने रोमा तिवारी हत्या प्रकरणको रहस्य प्रहरीले सार्वजनिक गरेको छ। घटनामा संलग्न रहेको आरोपमा भारतको बिहार राज्य अररिया जिल्ला, ग्राम पञ्चायत सिरसियाकला थाना भरगामाका ३४ वर्षीय राकेशकुमार पण्डितलाई पक्राउ गरी सार्वजनिक गरिएकोे छ।

गत जेठ १६ गते दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारिएको अवस्थामा रमाको शव फेला परेको थियो। दमक–८ बसन्तटोल निवासी रमाको शव उनका पिता नारायण तिवारीले पहिचान गरेका थिए। घटना सार्वजनिक भएपछि प्रहरीले विशेष अनुसन्धान टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो।


कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी कार्यालय धरान तथा इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले सीसीटीभी फुटेज, प्राविधिक विश्लेषण तथा निगरानीका आधारमा घटनाको रहस्य पत्ता लगाएको हो। रमा हराएको ११ दिनपछि प्रहरीले मुख्य आरोपीलाई नियन्त्रणमा लिँदै घटनाको पर्दाफास गरेकोे छ।

विज्ञापन

प्रहरीका अनुसार अभियुक्त राकेश पण्डित दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानको ठेक्कापट्टाको काम गर्दै आएका थिए । उनी दमक–५ मा डेरा गरी बस्दै आएका थिए।

प्रहरी अनुसन्धानअनुसार घटना भएको राति करिब ९ बजे रमा घरबाट निस्किएको सीसीटीभी फुटेजमा देखिएको छ। त्यसपछि उनको राकेशसँग भेट भएको र दुवै जना दमकस्थित एक झाडी क्षेत्रतर्फ गएको खुलेको छ। त्यहाँ यौन प्रस्ताव र आर्थिक लेनदेनको विषयमा विवाद सुरु भएको प्रहरीको निष्कर्ष छ।

jhapa-police

प्रहरीका अनुसार शारीरिक सम्बन्धपछि रकमको विषयलाई लिएर दुवैबीच विवाद चर्किएको थियो। विवाद बढ्दै जाँदा राकेशले रमाको घाँटी थिचेर हत्या गरेका थिए। हत्या पश्चात् घटनालाई लुकाउने उद्देश्यले शवलाई बोराभित्र राखी मोटरसाइकलमार्फत दमक–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि लगेर फालिएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले जेठ २१ गते राति राकेशलाई उनकै डेरा कोठाबाट पक्राउ गरेको हो । घटनामा प्रयोग भएका दुईवटा मोटरसाइकल, घटनाका बेला लगाएका कपडा, तीन थान मोबाइल फोन तथा मृतकको चप्पलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल राकेशकुमार पण्डितविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यानसम्बन्धी कसूर तथा जबरजस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकले घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय