विश्व साइकल दिवसमा अर्जुनधारामा राइडसँगै दबाबमुलक आर्टस्



9,000 SHARES

बिर्तामोड । विश्व साइकल दिवस २०२६ को अवसरमा झापाको बिर्तामोड र अर्जुनधारामा साइकल राइड र चित्रकलामार्फत दबाबमुलक कार्यक्रम गरिएको छ ।

झापा साइक्लिङ क्लबको आयोजना तथा देही आर्टको सहकार्यमा साइकल राइडसँगै राइडरहरुलाई चित्रकलामा सामेल गराएर सरकारलाई दबाब दिने उद्देश्यले चित्रकला बनाइएको थियो ।

विज्ञापन

आज बिहान बिर्तामोडबाट “हरियो भविष्यका लागि साइकल चलाउनु“ भन्ने मूल नाराका साथ सुरु भएको राइड नयाँ बसपार्क, कमलधाप, सालबारी झिल, मिलडाँडा, कालिस्थान, अर्जुनधारा धाम हुँदै बिर्तामोडमा आएर टुंगिएको थियो ।

विज्ञापन

अर्जुनधारा धाम अगाडि प्रत्यक्ष रुपमा गरिएको चित्रकलामा देही आर्टका प्रमुख छितेन शेर्पाले सडकमा सवारीसाधन लेन र साइकल लेन बनाइएको सादा वाटरकलर पेपरमा साइकलको टायरमा रङ पोतेर दबाबमुलक सांकेतिक चित्र बनाएका थिए ।

सरकारले सडकमा साइकलयात्रीहरुलाई बेवास्ता गर्दै लेन निर्माणमा चासो नदेखाएकोप्रति राइडरहरु र कलाकार शेर्पाले चित्रकलामार्फत असन्तुष्टि व्यक्त गरेका हुन् ।

सडकमा साइकल लेन नहुँदा झापामा साइकलयात्री र पदैलयात्रीहरु दुर्घटनामा ज्यान गुमाउन बाध्य छन् । प्रहरीको तथ्यांकअनुसार महिनामा झापामा मात्रै कम्तिमा पाँचजना साइकलयात्रीको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय